रञ्जन यादब /बारा
पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले देश र जनताको नाममा दिएको सन्देशलाई समर्थन गर्दै तथा राजसंस्थाको पुनर्बहालीको माग राख्दै जीतपुरमा राजावादीहरुले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनको नेतृत्व कफनका मनीर अंसारीले गरेका थिए ।राजसंस्थाको पुनस्र्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनकारीहरुले जीतपुर परिक्रमा सहित र्याली निकालेका थिए।
जुलुस जीतपुर चोकको मुख्य सडकखण्डमा पुगेर कोण सभामा परिणत भएको थियो।प्रदर्शनका क्रममा सहभागीहरुले “गणतन्त्र खारिज गर“, “अहिलेको व्यवस्था खारेज गर“, “राजा जिन्दाबाद“, “हिन्दु राष्ट्र स्थापना गर“ , “ हाम्रो राजा प्राण भन्दा प्यारो छ “जस्ता नाराहरू लगाएका थिए।
उनीहरूले वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै हिन्दु राष्ट्र सहित राजसंस्था पुनर्बहाली गर्नुपर्ने माग गरेका छन्।उक्त कार्यक्रम देशभक्त नागरिक समाजको आयोजनामा सम्पन्न भएको थियो।