ओम शांति दांत तथा आंखा अस्पताल सिमरामा उद्घाटन

बारा २४ फागुन

बाराको सिमरामा आधुनिक उपकरणसहितको सेवा प्रदान गर्ने ओम शांति दांत तथा आंखा हस्पिटल प्रा.लि. को भव्य उद्घाटन सम्पन्न भएको छ। अस्पतालको उद्घाटन पूर्व मन्त्री तथा बारा क्षेत्र नं. ४ (क) का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले संयुक्त रुपमा रिबन काटि गरेका थिए ।

नयाँ अस्पतालले दांत र आँखासम्बन्धी आधुनिक उपचार सेवा प्रदान गर्नेछ, जसले स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय उपचारको पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा विभिन्न समुदायका प्रतिनिधि, चिकित्सा क्षेत्रका विशेषज्ञ तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।अस्पतालका सञ्चालक धु्रव सहनीको अध्यक्षता मा सम्पन्न भएको थियो ।

अस्पतालले उच्चस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सहकार्यका लागि उनले अनुरोध गरे ।स्थानीयवासीहरूले अस्पतालको स्थापनालाई स्वास्थ्य सेवामा सुधार ल्याउने महत्वपूर्ण कदमका रूपमा लिएको बताउँदै अस्पताल व्यवस्थापनलाई शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक नवराज थापा ,जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ ,नेपाली काग्रेसका तराई मधेश बिभागका केन्द्रिय सदस्य कृष्णबर्त सिँह ,नगर सभापती छबिलाल शर्मा ,नेपल प्रजातन्त्र सेनानी संघका केन्द्रिय सदस्य हरि थपलिया ,नगर उद्योग बाणिज्य संघका सचिव बिष्णु अधिकारी ,रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी ,समाजसेवी रत्न उप्रेती ,यज्ञ बहादुर आले लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रञ्जन यादबले गरेका थिए ।