रञ्जन यादब /बारा
पर्सागढी नगरपालिका वडा नं.३ रुनीजामर भन्ने ठाउँबाट आज तीन थान काठ( चौपट) सहित एक जना मानिस पक्राउ परेको छ । बडनिहार सब डिभिजन बन कार्यालयबाट जमदार जीत बहादुरको नेतृत्वमा गएक बन गस्ती टोलीले करिब १५ क्युफिटको तीन थान चौपट सहित एक जना मानिस पक्राउ परेको बन अधिकृत नवनीत मिश्राले जानकारी दिए ।
पक्राउ पर्नेमा पर्सा गढी नगरपालिका वडा नं.४ बड्निहार बजार बस्ने ४० बर्षिय जिग्रे शर्मा रहेका छन् । शर्मा सहित तीन जना जङ्गल क्षेत्रबाट तीन वटा साईकलमा तीन थान चौपट बोकेर ल्याईरहेका थिए । बन गस्ती टोलीलाई देखेर दुई जना साईकल सहितको काठ छाडेर भाग्न सफल भएको बन अधिकृत मिश्रले बताए । पक्राउ परेका शर्मालाई थप अनुसन्धानकोलागि डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ ।
नियन्त्रणमा रहेका शर्मा र काठ सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।