मंशिर २६ गते देखि आँैराहामा चौँथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता हुने

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मंशिर २६ गते भोली देखि चौँथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिकाको आयोजनामा वडा नं.४ औराहा स्थित श्री ने.रा.मा.बि. औराहामा प्रतियोगिता हुने जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । प्रतियोगितामा सामुदायिकतर्फ १७ वटा र संस्थागततर्फ १९ वटा बिद्यालय गरि ३६ वटा बिद्यालयको सहभागिता रहने सचिवालय बिद्यालय श्री ने.रा.मा.बि. औराहाका प्रधानध्यापक रामदत्त जोशिले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल , कबड्डी , तेकवान्दो , कराँते र एथलेटिक्सका सबै खेल हुने उहाँले बताउँनुभयो ।प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूको उमेर १८ वर्ष ननाघेको हुनुपर्नेछ । यस्ता किसिमको प्रतियोगिताले सामुदायिक र संस्थागत विद्यालयहरू बीच प्रतिस्पर्धात्मक भावना विकास गर्दै, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको ३० गते समापन गर्ने कार्यतालिका राखिएको सचिवालय बिद्यालय श्री ने.रा.मा.बि. औराहाले जनाएको छ । प्रतियोगितामा करिब ११ सय बिद्यार्थी भाग लिने प्रधानध्यापक जोशिले बताउँनुभयो । प्रतियोगिताको उद्घाटन पुर्ब मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किशान )ले गर्नुहुने कार्यक्रम तय गरिएको छ ।