रामबनको जङ्गल क्षेत्रबाट तीन थान साल काठको गोलिया बरामद

रञ्जन यादब /बारा

बिरगंज महानगरपालिका वडा नं.३२ – रामबन स्थित बन क्षेत्रबाट बिहीबार करिब ९ क्युफिटको तीन थान साल काठको गोलिया बरामद भएको छ । सबैया सब–डिभिजन बन कार्यालयबाट बन रक्षक बिरेन्द्र प्रसाद यादवको कमान्डमा र सोलखपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षकको कमाण्डमा गएको सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले झाडिभित्र लुकाइ छिपाइ रहेको अवस्थामा काठ बरामद गरेको हो ।

बेवारिसे अवस्थामा बरामद काठको गोलियाहरुलाई सबैया सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको जनाईएको छ ।बन क्षेत्र तथा जङ्गल छेउमा सुरक्षा कडाइले तस्करहरूलाई ओसार–पसार गर्न कठिन भएका कारण काठ झाँडिमा लुकाई तस्करहरु भागेको हुन सक्ने सबैया सब डिभिजन बन कार्यालयका फरेष्टर पुरुषोत्तम प्रसाद पटेलले जानकारी दिए ।

बन गस्ती टोलीहरु दिनभरि खाजा र पानी बोकी जङ्गलभित्र रहँदै रातिको समयमा संकास्पद नाका वरिपरि पराल लिएर बस्ने गरेको फरेष्टर पटेलले बताए ।डिभिजन बन कार्यालय पर्सामा डिभिजनल बन अधिकृत मञ्जुर अहमदको आगमनपछि तस्करहरूमा भय सिर्जना भएको छ ।

पहिलेको तुलनामा अहिले तस्करी गतिविधिहरूमा उल्लेखनीय रुपमा कमी आएको बन जङ्गल क्षेत्रका स्थानियहरु बताउँने गर्छन् ।स्थानिय बासिन्दाहरूले पनि सुरक्षा गस्तीको बढ्दो उपस्थिति र तस्करी घटेकोमा डिभिजनल बन अधिकृत अहमदलाई धन्यबाद दिएका छन् ।