पिलुवामा गुरुकुल संचालनकोलागि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवा स्थित श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाको गजुर निर्मण र गुरुकुल संचालनकोलागि श्रीमद्भागवत ज्ञान महायज्ञ हुन गईरहेको छ ।

श्रीमद्तारतम सागर एवम श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समिती श्री कृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाले पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको बिषयमा जानकारी दिएको हो ।सप्ताहमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने सप्ताह मुल आयोजक समितीका अध्यक्ष चेतनाथ खरेलले जानकारी दिए ।

मंसिर २० गतेदेखि मंसिर २६ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा विविध धार्मिक गतिविधि तथा समारोहहरू समावेश गरिएका छन् । कार्यक्रमको प्रारम्भ मंसिर २० गते शोभा यात्रा र कलश यात्राबाट हुनेछ। मंसिर २५ गते लक्ष्यदीप प्रज्वलन कार्यक्रमको आयोजना गरिनेछ भने मंसिर २६ गते पूर्णाहुति एवं समापन समारोहसँगै कार्यक्रम सम्पन्न हुनेछ।

धार्मिक आस्था बढाउने र समाजमा एकता एवं समर्पणको भावना जगाउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा सहभागी हुन सबै श्रद्धालु भक्तजनहरूलाई सहभागी हुनकोलागि निमन्त्रणा गरिएको वडा अध्यक्ष हरिदेव खरेलले बताए ।महायज्ञमा भागवताचार्य बाणी बिषारद शास्त्री नबिन कृष्ण ढुङ्गेल र कथाबाचक बाणि बिषारद बुद्धि प्रकाश लुईटेलको मुखार बिन्दुबाट कथाबाचन हुने आयोजकले जनाएको छ ।

श्रीमद्तारतम सागर एवम श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समितीका अध्यक्ष चेतनाथ खरेलको अध्यक्षतामा भएको कार्यक्रममा भागवतचार्य एवम प्रमुख बाचक शास्त्री नबिन कृष्ण ढुंगेल ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेल लगायतले पत्रकारहरुलाई हुन लागेको महायज्ञको बिषयमा जानकारी गराएका हुन् ।कार्यक्रमको सञ्चालन आयोजक समितीका सचिव बिनोद कार्कीले गरेका थिए ।