आर्थिक अवस्था कमजोरहरुलाई आत्मनिर्भर बनाउँन सिलाईकटाई तालिम

रञ्जन यादब /बारा

आर्थिक अवस्था कमजोरहरुलाई आत्मनिर्भर बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले पथलैयामा सिलाईकटाई तालिम प्रदान गरेको छ । उपमहानगरपालिकाको उद्यम बिकास शाखाले दुई जना पुरुष र १३ जना महिला गरी १५ जनालाई ३२ दिने बिशेष सिलाईकटाई तालिम दिएको हो ।

जेठ १४ गते देखि सुरु भएको तालिम असार १३ गते सम्म चलेको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिनुभयो । सहभागिहरुलाई नगर उप प्रमुख भोला प्रसाद अधिकारीले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

गरिबी निवारणकोलागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको १६० घण्टे बिशेष सिलाई कटाई तालिममा सहभागिहरुले तलिमबाट आफुहरु लाभन्वित भएको प्रतिक्रिया दिएका थिए ।

उनीहरुले बजारको माग अनुसार आफुहरु कपडा सिलाई कटाई गर्न सक्ने बताएका थिए ।

 

वडा नं.३ ,१६ र २१ का आधारभुत सिलाई कटाई तालिम लिएका र सिलाईकटाईलाई पेसाको रुपमा बिकास गर्न चाहनेलाई बिशेष सिलाई कटाई तालिम प्रदान गरिएको बरिष्ठ उद्यम सहजकर्ता रायले बताउँनुभयो ।