रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका –४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले मंगलबार विभिन्न कार्यक्रम गर्दै ११औं स्थापना दिवस मनाएको छ ।संस्थाले स्थापना दिवसका अवसरमा ‘सदस्यसंग सहकारी’ कार्यक्रमको आयोजना गरेको हो ।संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले शेयर सदस्यहरुका लागि सहकारीको अवसर र चुनौती विषयक प्रशिक्षणको आयोजना गरेको थियो ।
आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाको आवश्यकता र चुनौतीका विषयमा शेयर सदस्यलाई तारानाथ सुवेदीले प्रशिक्षण दिएका थिए ।यसअघि प्रशिक्षण कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख एवम् नगर स्तरीय सहकारी समन्वय समितिका संयोजक भोलाप्रसाद अधिकारीले गरेका थिए । ।स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सहकारीमा सदस्यको भुमिका तथा सहकारीमा सदस्यको अवसर र चुनौतिका बारेमा प्रशिक्षक तारानाथ सुवेदीले प्रशिक्षण गर्नु भएको थियो ।
साथै सहकारीले ११ ओैं बार्षिक उत्सवको अवसरमा सदस्य हेरचाहा जिम्मेवारी बहन गर्दै सहकारी सदस्य लक्ष्मी देवी शर्मा को परिवारलाई स्वास्थ्य विमा गरि उक्त परिवारलाई विमा कार्ड प्रमुख अतिथी भोला प्रसाद अधिकारीमार्फत हस्तान्तरण गरेको छ । शर्माको श्रीमान् लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहेको र उपचारको निम्ति आवश्यक आर्थिक सहजताका लागि संस्थाले स्वास्थ्य बीमा गरेको हो ।संस्थाका सचिव त्रीलोक बिक्रम साहले सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रम आयोजना गरेको बताए ।
संस्थाकी अध्यक्ष कोपिला सिंमखडाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संस्थाका सल्लाहकार एवम् पूर्व मधेस प्रदेशसभा सदस्य सुन्दर विक, मदनबहादुर क्षेत्री, भवन खड्का, डम्बर खड्का, भागवत चौधरी, औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, घण्टीमाई सहकारीका कोषाध्यक्ष कमल पौडेल, समितिका लेखा संयोजक नवराज न्यौपाने, प्रवन्धक नविन खड्का, समितिका पदाधिकारी एवम् सदस्यलगायतको उपस्थिती रहेको थियो ।संस्थाकी अध्यक्ष सिंख्डाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष भुवप्रसाद ढकालले स्वागत मन्तब्य राखेका थिए ।