रञ्जन यादब /बारा
राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन प्याबसन)जीतपुरसिमराले साना किसान शिक्षा सद्न बिद्यालय रजघट्टामा गरेको हाजरीजवाफ प्रतियोगितमा लोटस एकेड्मी सिमरा बिद्यालय प्रथम भएको छ । सानाकिसान शिक्षा सदन बिद्यालयको सहकार्यमा भएको जीतपुरसिमरा उपमहानगर स्तरीय प्रतियोगितामा १९ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो ।
जसमध्ये लोटस एकेड्मी सिमरा प्रथम भएको हो । त्यस्तै द्धितीय स्थान न्यु एकता एकेड्मी सिमरा र तृतीय स्थान सिमरा पब्लिक ई.बो.स्कुलले प्राप्त गरेको राष्ट्रिय बिभुती शिक्षा सदन डुमरबानाका साहयक प्रधानध्यापक किशोर श्रेष्ठले जानकारी दिनुभयो । प्रथम ,द्धितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई साना किसान शिक्षा सद्न बिद्यालयका अध्यक्ष बिदुर खड्का ,एन प्याबसनका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष अनिल तिबारी र राष्ट्रिय बिभुती शिक्षा सदनका कार्यकारी निर्देशक श्याम कुमार भट्टराई लगायतले शिल्ड र प्रमाणपत्र बितरण गर्नुभएको थियो । हाजरीजवाफ प्रतियोगितामा सामान्य ,श्रब्य र चित्र देखाएर प्रश्न गरिएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा भएको प्रतियोगिता साना किसान शिक्षा सद्नका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो ।