जीतपुरसिमराको परिक्षामा ५५ प्रतिशतभन्दा बढी बिद्यार्थी अनुतिर्ण (फेल)

रञ्जन यादब/
बारा
जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको आधारभुत तह ( कक्षा ८ )को परिक्षामा ५५ प्रतिशत भन्दा बढी बिद्यार्थी अनुतिर्ण भएका छन् । जसमा सामुदायिक बिद्यालयतर्फ १ हजार ६७ जना र संस्थागत बिद्यालयतर्फ १ सय ८४ जना अनुतिर्ण भएका छन् ।

चैत्र २ गते देखि ९ गते सम्म सञ्चालन भएको परिक्षामा २ हजार २ सय ६८ बिद्यार्थी सहभागि थिए । जसमध्ये १ हजार २ सय ५१ जना बिद्यार्थी अनुतिर्ण भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको अनुसार तीनीहरु कक्षा ९ पढ्न नपाउँने भएका छन् । उपमहानगरपालिकाले सार्बजनिक गरेको नतिजामा ४४.८४ प्रतिशत बिद्यार्थी उतीर्ण भएको देखाएको छ ।

त्यस्तै संस्थागततर्फ राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनकी छात्रा अस्मिता गुरुङ्ग ,ब्राईटर एकेड्मी सिमराकी छात्रा मुबिका सिँह र ईसान्त रेग्मीले ४ जि.पि.ए ल्याई उत्कृष्ट भएका छन् । यता सामुदायिक बिद्यालयतर्फ श्री नेरा मा.बि. सिमराकी छात्रा सुरुती कुमारीले ३.९६ जि.पि.ए ,श्री जनजागृती माध्यमिक बिद्यालयका छात्र अनुश अधिकारीले ३.८३ जि.पि.ए. र राष्ट्रिय माध्यमिक बिद्यालयका छात्र कृष्णा रानाभाटले ३.८३ जि.पि.ए ल्याएर उत्कृष्ट बिद्यार्थी बनेका छन् ।

कक्षा ८ को परिक्षामा सामुदायिक तर्फ १ हजार ३ सय ७५ जना बिद्यार्थी र संस्थागततर्फ ८ सय ९३ बिद्यार्थी सामेल भएका थिए भने २५ जना बिद्यार्थी बिभन्न कारण अनुपस्थित भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।