रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि हुने भएको छ । जनकल्याणकारी क्लब ,बकुलियाको आयोजनामा चैत्र १६ गते देखि सुरु हुने प्रतियोगिता चैत्र २१ गते सम्म चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।प्रतियोगितामा आयोजक बकुलिया भवानीपुर ,बिरगंज युनाईटेड ,पर्सागढी बढनिहार ,निजगढ ,मकवानपुर ,बर्दिबास ए.पि..एफ. र सर्लाही गरी आँठ क्लबको सहभागिता रहने छ।
करिब २० लाखको लागतमा हुने प्रतियोगितामा वडा नं.५ को कार्यालय बकुलियाले ५ लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले ६ लाख रुपैया दिने प्रतिबद्धता ब्यक्त गरेको आयोजक क्लबका सचिव तथा वडा सदस्य ईश्वर चौधरीले जानकारी दिए ।बाँकी रकम चन्दा सङ्कलनबाट जुटाउँने उनले बताउँनुभयो । प्रतियोगितामा बिजेता क्लबले रु २ लाख ,शिल्ड र मेडल र उप बिजेता क्लबले रु १ लाख ,शिल्ड र मेडल पाउँने क्लबका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिनुभयो ।