जीतपुरसिमरामा अघोषित लोडसेडिङ, पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती

बारा, जेष्ठ १७ गते ।

जीतपुरसिमरामा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ ।

जीतपुरसिमरा सहति बारा र पर्सा जिल्ला भर पछिल्लो केही दिन यता दिनमा लामो समय लोडसेडिङ हुने र बिहान बेलुका झ्याप झ्याप विद्युत् आउने जाने गरेको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रबाट सप्लाई हुने विद्युत ट्रिप भएर लाइन कटिरहेको प्राधिकरणका कर्मचारीहरुले बताउछन् ।