चितवन, जेठ १६–
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले सरकारले सांसद विकास कोष व्युताएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका हुन् ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ भनेर बालेनले प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’