hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

बाराको जीतपुरमा खुल्यो “सम्राट होटल एण्ड पार्टी प्यालेस”

बारा, जेष्ठ १५ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सम्राट होटेल एण्ड पार्टी प्यालेस संचालनमा आएको छ । बारा क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र बारा क्षेत्र नं. ४ () का प्रदेश सभा सदस्य जितेन्द्र सोनाल सगं संयुक्त रुपमा रिबन काटाएर सम्राट होटेल एण्ड पार्टी प्यालेसको उद्घाटन गरिएको हो ।

विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो होटेलको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको केराढोकामा रहेको सम्राट होटेल एण्ड पार्टी प्यालेसको नजिकै प्रहरी चौकी भएका कारण सुरक्षाको दृष्टिकोणले पनि राम्रो रहेको छ ।

जीतपुरमा राम्रो पार्टी प्यालेस नभएको कारण यँहाका बासिन्दाहरु विरगञ्ज जान बाध्य भइरहेका थिए तर अब जीतपुरमै सम्राट होटेल एण्ड पार्टी प्यालेस खुले पछि यँहाका बासिन्दाहरुलाई विरगञ्ज जानु पर्ने बाध्यता हटेको होटलका संचालक राजू कलवारले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बारा क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य देवनारायण चौधरी, बारा क्षेत्र नं. ४ (२) का प्रदेश सभा सदस्य जितेन्द्र सोनाल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, समाजसेवी कृष्णबरत सिहं लगायत स्थानिय अगुवा र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।