बाराका वरिष्ठ पत्रकार गम्भीरा सहनी अस्वस्थ, आइसियुमा उपचार हुँदै

बारा, जेष्ठ ६ गते ।

बाराका वरिष्ठ पत्रकार गम्भीरा सहनीको स्वाथ्यमा गम्भिर समस्या देखीए पछि आइसियुमा राखेर उपचार भैरहेको छ । सहनीको विरगञ्जको एसएल न्यूरो अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ घर भएका सहनी प्रतीक दैनिकका बारा विशेष संवाददाता हुन् । बिहीवार उनको स्वास्थ्यमा समस्या देखीपछि एसएल न्यूरो अस्पतालमा उनलाई भर्ना गरिएको उनको छोरा ऋषि सहनीले बताएका हुन् ।

पत्रकार सहनीको शरिरको एकातर्फको शरीर नचलेको र उनि बोल्न नसक्ने अवस्थामा रहेको उनको छोरा बताएका छन् । पत्रकार सहनीको धर्मपत्नीको निधनपछि अस्वस्थ हुँदै आएका छन् । सहनीको स्वास्थ्यमा क्रमिक सुधार हुनै गएको डाक्टरले बताएका छन् हाल हुने सामान्य बोलिरहेको छन् ।

सहनी हालै नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत भएका थिए ।