hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

वडा अध्यक्ष गुप्ताले अप्राधिक गतिविधि गरेको भन्दै गिरिद्धारा बारा प्रहरीमा निवेदन, आफुले कुनै अप्राधिक गतिविधि नगरेको गुप्ताको भनाई

बारा, जेष्ठ ६ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता माथी स्थानिय राजुराज गिरिले अप्राधिक गतिविधि गरेको भन्दै बारा प्रहरीमा निवेदन दिएका छन् । गिरि जीपतुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षका प्रत्यासी पनि हुन ।

वडा अध्यक्ष गुप्ताले वैशाख १८ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेका गिरिको घर अगाडि डोजरले खनेका थिए । वडा अध्यक्षले आफ्नो घरमा लुटपाटको मन्सायबाट आएर घर अगाडि डोजर चलाएको राजुराज गिरिले बताउनु भयो । यता वडा अध्यक्ष गुप्ताले आफु कुनै किसिमको अप्राधिक गतिविधि नगरेको बताएका छन् उनले भने ‘मैले स्कुलको जग्गामा कोठा बनाउन खनेको हु’ ।

गिरिले हाल सम्म आफ्नो निवेदन माथि प्रहरीले केही सुनुवाई नगरेको गुनासो गर्नु भएको छ । निवेदन दिएको २ हप्ता वितिसक्दा पनि प्रहरी मौन रहेको उनको गुनासो छ ।

वैशाख १८ गते नगरपालिकाको डोजरले गिरिको घर अगाडि खाल्डो खन्नुको साथै गिरिको गाईगोठमा समेत क्षेती हुने गरि स्कुलको जमिन भन्दै डोजर चलाएका थिए । बिना सुचना बिना जानकारी कसैले वर्षौ देखी उपभोग गर्दै आएको जग्गामा डोजर चल्नु नियम विपरित भएको कानुन विद्यहरुले बताउछन् ।

के भएको थियो वैशाख १८ गते?
वैशाख १८ गते जीतपुरसिमरा ७ मा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माविको जमिन नापी गर्न वडाले अमिन बोलाएको थियो तर सामान्य विवाद र पानि परेको कारण केही बेर नापि रोकिएको थियो । नापि रोकिए पछि गिरिको परिवार एक आफन्तको निम्तोमा जानु पर्ने भएको हुदा राजु राज गिरि सहित उनका दाईहरु निम्तोमा गएको गिरि परिवारले बताएको थियो ।

तर यता वडा अध्यक्ष गुप्ताले नापि हुन नसके पछि गिरि परिवारले वर्षौ देखी प्रयोग गर्दै आएको बाटो खनिदिए । उनको अनुसार खनिएको बाटो स्कुलको निजि जमिन भएको हुदा यहाँ कोठा बनाउनका लागि शिलान्यास गर्ने उदेश्यले खनिएको बताउदै आएका छन्।

तर यता गिरिका अनुसार वडा अध्यक्ष गुप्ताले आफु उस्को विरुधमा चुनाव लडेकै निहुमा राजनितिक प्रतिसोध देखाउदै घर अगाडि डोजर चलाएको बताउनु हुन्छ । गिरिको घर अगाडिको बाटो स्कुलको निजि जमिन भएतापनि २०३८ सालमा तत्कालिन प्रधानपञ्च र विद्यालय व्यवस्थापन समितिले स्कुलको पश्चिम तिर गिरि परिवारको जमिन लिएर हाल सडकको रुपमा प्रयोग हुदै आएको स्कुलको जमिन बाटोकै लागि दिने सहमति भएको थियो ।