सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं, वैशाख २७-

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यस्तै बैठकमा संसदीय समिति गठन, आगामी बजेटलगायत समासामियक विषयमा कुराकानी भइरहेको बताइन्छ । तीन दलका शीर्ष नेताहरूबीच मंगलबार पनि भेटवार्ता थियो ।