बारा, वैशाख २४ गते ।
जन्मोत्सवको अवसरमा वडा अध्यक्षले स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नो जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका हुन ।
वडा अध्यक्ष गुप्ताले आज वैशाख २४ गते परेको जन्मदिनमा आफ्नै वडाको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा कक्षा १ र ५ कक्षाका विद्यार्थीहरूलाई स्कुल ब्याग, कपि, पेन्सिल लगायतको शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
वडा अध्यक्ष गुप्ताले आफ्नो जन्मोत्सवको अवसरमा स्कुलको बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै यसरीनै स्कुललाई थप सहयोग गरिरहने प्रतिबद्धता गर्नुभएको छ । वडा अध्यक्ष गुप्ता श्री फकिरा गिरि राजेश्वर गिरि माविको व्यवस्थापन समितिको अध्यक्ष पनि हुन् ।