बारा, चैत्र १२ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप प्रतियोगिता हुने भएको छ । वडा नं. ११ को खैरवा खेल मैदानमा वडा कप हुन लागेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ को मुख्य सहयोगमा चैत्र २५ गते देखी प्रतियोगिता सुरु भई वैशाख २ गते सम्म चल्ने प्रथम वडा कप फुटबल प्रतियोगिता आयोजक समिति वडा नम्बर ११ ले जनाएको छ ।
करिब ४ लाखको लागतमा हुने प्रथम वडा कपको विजेताले रु. पचास हजार र उप-विजेताले रु. पचिस हजार रकम सहित सिल्ड र मेडल प्राप्त गर्ने आयोजकले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
बारा र पर्सा जिल्लाबाट गरि कुल ८ टिमको सहभागिता रहेको जीतपुरसिमरा ११ को प्रथम वडा कपलाई जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर ११ को वडा कार्यालयले ४ लाख सहयोग गरेको छ । भने अन्य प्रायोजक र सह–प्रायोजक आए विजेता र उपविजेताको धनराशी बढाइने आयोजकले जानकारी दियो ।