रञ्जन यादब /बारा २३ कार्तिक
पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको सिमरा चोकमा आइतबार राति एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ का २४ वर्षीय विधान त्रिपाठी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ की २२ वर्षीय सुनिता गुम्बा र जीतपुरसिमरा उपमहानगरपालिका वडानं.१५ का २१ वर्षीय समीर बुढाथोकी रहेका छन् । तीनै जना घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।वीरगन्जबाट आँखाको बिरामी लिएर काठमाडौं जाँदै गरेको म.प्र.०३–००१ च ७८६३ नम्बरको एम्वुलेन्सले सिमरा चोकमा सडक पार गर्दै गरेको बा.प्र ०३–००३ प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने एम्बुलेन्सका चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं.३ का ३४ वर्षीय तोपबहादुर डेंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




