उपसभामुख चयनको प्रक्रिया सुरु, आज मनोनयन दर्ता

डेस्क, माघ ६ गते ।

प्रतिनिधिसभाको उपसभामुख चयनको प्रक्रिया आज सुरु हुँदै छ ।  आज उपसभामुखको उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । शुक्रबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । प्रतिनिधिसभाले बिहीबार मात्रै सभामुख पाएपछि आज उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । आइतबारको प्रतिनिधिसभा बैठकमा मतदान हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।