बारा, पुस २१ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा लहरी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो ।
सिमराको जगदम्बा स्टील्स् अगाडी हिजो बुधवार राती दुर्घटना भएको थियो । वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना७ख ४२३७नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिदा पहिचान नखुलेको एक पुरुषको मृत्युभएको हो ।
घटनामा गम्भिर घाईते भएका उनको अस्पताल लैजाने क्रमममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव वीरगन्जस्थित नारायणीअस्पतालमा राखिएको छ ।