बारा, पुस २१ गते ।
पथलैया–निजगढ सडकखण्डमा स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्युभएको छ भने दुई महिला घाईते भएका छन् ।
पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउदै गरेकोग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा ठक्कर दिदाटांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो । स्कोरपियोले एउटै दिशाबाट गुडिरहेको मोटरसाइकल रसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाईते भएका छन् । घाईतेलाई सिमरास्थित अल्पाईन अस्पतालबाट थपउपचारका लागि चितवन लगिएको छ ।
मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनिहरुलाई बिहानको समयमा तिब्र गतिमा आएको स्कोरपियोले पसाहापुलदेखी पूर्वतर्फ ठक्कर दिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनिहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागिपिलुवातर्फ आउदै थिए । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।