बारा, पुस २० गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुरमा आफ्नै छिमेकीको घरबाट चोरी गरेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीतपुरको नसिमनगर टोलमा स्थानीय नसरुदीन देवानको घर बाट मंगलबार राति चोरी गरेको आरोपमा स्थानीय रिजवाना खातुन सहित उनको घरको अन्य ४ जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नासरुदीन देवानको श्रीमती कनारवाली खातुन घरमा सुतेको बेला रिजवाना खातुनको छोरा,भाई सहित अन्य सदस्य आएर आफुलाई कुटपिट गरि घर भित्र रहेको गरगहना, समान र नगद ३ लाख रुपैयाँ चोरेर भागेको पिडित कनारवाली खातुनले बताएकि छन् ।
चोरीको आरोप लागेको रिजवाना खातुनको घर बाट प्रहरीले चोरी भएको समान बरामद भएको कारण रिजवाना खातुनको छोरा, भाई र बहिनीलाई उनको घरबाट सोधपुछको लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
मंगलबाट बिहान ३ बजे देखि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएर रिजवाना खातुनको घर तलासी गर्न खोज्दा रिजवाना खातुनेले घरको तलासी गर्न प्रहरीलाई घर भित्र छिर्न नदिएको र उल्टै प्रहरी आथि नै ढुंगा मुदा तातो पानिमा खुर्सानीको धुलो मिसाएर खन्याउदै प्रहरी माथिनै अपशब्द प्रयोग गरिएको थियो ।
खानतलासीको लागि रिजवाना खातुनले आफ्नो घरको ढोका खोल्न नमाने पछि ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराबाट थप टोली बोलाएर बल प्रयोग गरेर ढोका खोल्न खोज्दा रिजवाना खातुनले प्रहरीलाई घर भित्र प्रवेश गर्न दिएकी थिन ।
प्रहरीले घर भित्र खोज तलास गर्दा रिजवाना खातुनको घर बाट प्रहरीले लाखौंको गरगहना, दर्जनौं मोबाइल र १ लाख नगद पैसा समेत बरामद गरे पछि रिजवाना खातुन सहित उनको घरको अन्य ४ जना सदस्यलाई सोधपुछाको लागि नियन्त्रणमा लिएको सिमरा प्रहरीले जनाएको छ ।
रिजवाना खातुनको कारण जीतपुरको नसिमनगरको मदरसा क्षेत्रका स्थानीयहरु धेरै समस्या खेप्नुपरेको स्थानियहरुले बताएका छन् । झुठो मुदाको आरोपमा बारम्बार रिजवाना खातुनले मदरसा क्षेत्रका जनता माथि जाहेरी दिएर दुख दिने गरेको स्थानियहरुले बताए ।