रञ्जन यादब /बारा
गणतन्त्र दिवसको अवसर पारेर सिमरामा रहेको एभर ग्रीन तराई सिमरा हस्पिटलले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको छ ।शिविरमा मधुमेह (डायबेटिज), रक्तचाप (ब्लड प्रेसर), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल सर्जरी र बाल रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो। शिविरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्य परीक्षण सेवा दिइएको थियो ।
शिविरमा १६४ जना पुरुष र ६३ जना महिला गरी जम्मा २२७ जना बिरामीहरूले स्वास्थ्य परीक्षण गराएको अस्पतालका प्रतिनिधि रञ्जन साहले जानकारी दिए । सहभागीहरुले विशेषज्ञ सेवा निःशुल्क पाउनु आफूहरुका लागि निकै लाभदायक रहेको प्रतिक्रिया दिएका छन्। ।शिविर सफलताका साथ सम्पन्न भएको जानकारी अस्पताल व्यवस्थापनले दिएको थियो ।