निजगढमा ठूलो मात्रामा लागुऔषध बरामद, ५ जना पक्राउ

 

निजगढ, बाराः बाराको निजगढ नगरपालिका–४ मा अवैध लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै पाँच जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आइतवार दिउँसो ४ बजे निजगढ नगरपालिका–१० चौकीटोल बस्ने २८ वर्षीय प्रेम वाइबा, २२ वर्षीय धनबहादुर थिङ, ३० वर्षीय ज्ञानबहादुर घलान, बिचटोल बस्ने २४ वर्षीय अमृत दुलाल तथा मकवानपुरको बकैया गाउँपालिका–६ भालुखोलाका २५ वर्षीय विजय योञ्जनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको शरीर र साथमा रहेको झोलाको चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषधमध्ये ट्रामाडोल–५० का ५७ पत्ता, एन्टिकोफ ट्याब्लेटका ५ पत्ता र डेभोक्सिन–१० का ५ पत्ता बरामद गरेको जनाएको छ।

बरामद लागुऔषधसहित पाँचै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जानकारी दिएको छ।