रञ्जन यादब /बारा
बाराको दुईवटा पालिकामा दुर्घटना र ट्राफिक समस्या बढ्दै गएपछि जेठ ०७ गते देखि ट्राफिक सप्ताह सुरु हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा ट्राफिक सप्ताहको आयोजना हुन लागेको हो । जिल्ला सुरक्षा समिति बाराको आयोजनामा मङ्गलबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा ट्राफिक सप्ताह कार्यक्रमको तयारीका लागि सरोकारवालाहरुविच अन्तरकृया कार्यक्रम आयोजना भएको छ । मङ्गलबार सम्पन्न बैठकले जीतपुरसिमरा उपमहानगरपालिकाकी वातारण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख इन्जिनीयर पुष्पा सिंहको संयोजकत्वमा ट्राफिक सप्ताह आयोजनाका लागि तयारी समिति गठन गरिएको छ ।
ट्राफिक सप्ताह आगामी जेठ ०७ गते देखि १३ गतेसम्म सञ्चालन हुने जनाईएको छ । पथलैया देखि परवानीपुर सड्क खण्डमा ट्राफिक दुर्घटना र उल्लघनको घट्ना बढ्दै गएको बक्ताहरुले बताएका थिए । ट्राफिक चेतना तथा सडक सुरक्षाका विषयमा नागरिकलाई जागरुक गराउनु हुन लागेको ट्राफिक सप्ताहको मुल उद्देश्य रहेको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेल, सडक विभाग क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारी, बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजन दाहाल, ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख शुभद्रा लामा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष सुनिल गुप्ता, वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ ,नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी लगायतको उपस्थिती रहेको थियो ।