जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य सुरु

रञ्जन यादब /बारा

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर बाराको जीतपुरमा रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्यको शुभारम्भ भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा निर्माण भईरहेको अधुरो भवनलाई संघले व्यवस्थित सभाहलको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। कुल १४ लाख ९६ हजार २७१ रुपैयाँको लागतमा निर्माण हुने यो सभाहलमा श्रमदान १ लाख ४६ हजार २७१ रुपैया रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।उनले बिभिन्न संघ ,संंस्थाबाट अरु सहयोग पनि सङ्कलन गरेर भवन निर्माण कार्यलाई तिब्रता दिने बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको सभाहल जेठ ३१ गते सम्म बनाईसक्नुपर्ने लक्ष्य राखिएको छ । आर्थिक अभावमा भवनको माथिल्लो तल्लामा सभाहल निर्माण कार्य रोकिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा यसलाई समावेश गरी आवश्यक बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले बताए ।