रञ्जन यादब /बारा
राष्ट्रिय बिभूति सामुदायिक शिक्षा सदन विद्यालय डुमरबानाको आयोजनामा र क्षेत्रीय अंग्रेजी भाषा तालिम कार्यालय काठमाडौँको सहकार्यमा दुई दिने केन्द्रित अंग्रेजी भाषा शिक्षक वर्कशप सम्पन्न भएको छ ।कार्यशालामा प्रविधि र अभ्यासमा आधारित शिक्षण विधिका विषयमा सहभागी शिक्षकहरूलाई तालिम प्रदान गरिएको थियो। तालिमको उद्देश्य शिक्षकहरूलाई आधुनिक प्रविधि र व्यावहारिक शिक्षण पद्धतिमा दक्ष बनाउनु रहेको तालिमका प्रशिक्षक तथा कार्यक्रम संयोजक त्रिभुवन बिश्व बिद्यालयका सह प्राध्यापक फरमोद मियाले बताए ।
कार्यशालामा सामुदायिक तथा संस्थागत विभिन्न विद्यालयका अंग्रेजी भाषाका ३० जना शिक्षकहरूको उपस्थिति रहेको थियो। तालिममा बिदेशी शिक्षक अन्डे पेरिज र ऐरिका मिलरले समेत शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । सहभागी शिक्षकहरूले यस्ता तालिमले आफूहरूको पेशागत क्षमता अभिवृद्धिमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । समापन कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल रहेका थिए । उनले अंग्रेजी भाषा आफनो मातृभाषा नभएका कारण बोल्दै सिक्दै जाने अभ्यासमा निर्भर रहने बताएका छन् । गल्ती गर्दैमा डराएर वा लाज मानेर अङ्ग्रेजी बोल्न छोडियो भने भाषा सिक्न गाह«ो हुने बताए ।
बिकास भएका नयाँ प्रबिधिलाई आत्मसात गरी शिक्षकहरु अगाडि बढ्नुपर्ने सल्लाह दिए ।कार्यक्रमको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्काले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था डुमरबानाका अध्यक्ष प्रदिप बराल , जनता मा.बि. रजघट्टाका प्रधानध्यापक राजु अधिकारी ,राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदन बिद्यालयका प्रधानध्यापक सागर ठाडा मगर ,निर्देशक श्याम प्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो । औपचारिक समापन कार्यक्रमको सहजीकरण आयोजक बिद्यालयका सह प्रधानध्यापक किशोर श्रेष्ठले गरेका थिए ।