जीतपुरसिमरा उपमहानगरपालिका र मातहतका कार्यालयहरु शनिवार बाहेकका सार्वजनिक विदाका दिन पनि सञ्चालनमा आउँने भएका छन् । अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा नेपाल सरकारले संघीय सरकार मातहतका कार्यालयहरु शनिवार बाहेकका सार्वजनिक विदाका दिनमा पनि सञ्चालन गर्ने निर्णय गरको छ ।जसअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले पनि आफ्नो मातहतका कार्यालयहरु विदाका दिनपनि सञ्चालन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयले गत वैशाख १५ गते राजपत्रमा सुचना प्रकाशन गरेर कार्यालय समय निर्धारण गरे बमोजिम नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक विदाका दिन सेवा प्रबाह हुने विषय जानकारी गराएको छ ।
जीतपुरसिमराका कार्यालयहरु अब २०८२ सालभर १६ वटा विभिन्न सार्वजनिक विदाका दिनपनि सञ्चालन हुनेछन् ।जीतपुरसिमरा उपमहानगरपालिका, वडा कार्यालयहरु, स्वास्थ्य संस्था लगायत उपमहानगरपालिका मातहतका कार्यालयहरुमा अब विदाका दिनपनि सेवा प्राप्त गर्न सकिनेछ । सो सम्बन्धमा २१ वैशाखमा बसेको उपमहानगरको ३८ औं कार्यपालिका बैठकले निर्णय गरेको उपमहानगरका प्रमुख राजन पौडेलले जानकारी दिए ।