रञ्जन यादब /बारा
भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको पथलैयामा १७ औँ सधारण सभा तथा ६ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले गमलामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अधिकृत खतिवडाले बन तथा बन्यजन्तु संरक्षणमा तदारुकता नदेखाउँने र उपभोक्ता समुहको साधारण सभा तथा अधिवेशनमा नआउँने उपभोक्तालाई समुहमा राख्नुपर्ने औचित्य नरहेको बताए ।
उनले सधारण सभा तथा अधिवेशनमा नआउँने ,आफनो कुरा नराख्ने ,चोक तथा गाउँघरमा कुरा काट्दै हिड्ने उपभोक्तालाई समुहमा नराख्न र समुहले दिने सेवा सुबिधाबाट बञ्चित गर्न अनुरोध गरे । उनले सधारण सभा तथा अधिवेशनमा नआएर गरेको निर्णय बिरुध म कहाँ डेलिगेसन आउँदा त्यस्तो निबेदनको कुनै सुनुवाई आफुले नगर्ने बताए । मध्यवर्ती क्षेत्रका सामुदायिक वन समूहहरूलाई जङ्गल मात्रै नभएर जमिन पनि नापजाँच गरेर दिएकोले त्यसको संरक्षण नसके जङ्गल क्षेत्र फिर्ता लैजाने बताएका छन् ।
मध्यवर्ती क्षेत्रका सामुदायिक वन समूहहरूलाई निकुञ्ज, एकाइ र वन समूहबिच त्रिपक्षीय सम्झौता वनको भूभाग हस्तान्तरण गरिएको हुन्छ । खतिवडाले सामुदायिक वन समूहहरूले काठ, दाउरा बिक्री वितरण मात्रै आम्दानी गर्नुभन्दा पर्या पर्यटनलाई जोडेर सामुदायिक वनभित्र जिप सफारी सञ्चालन गर्न सक्ने बताएका छन् ।
त्यस्तै जनहित उपभोक्ता समिती सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले नियम तथा ऐन कानुन अनुसार काम गर्न आफना मातहतका समुहलाई आग्रह गरे । उनले समुहले आम्दानी गरेका मध्येबाट ६० प्रतिशत हिस्सा बन तथा बन्य जन्तु संरक्षणमा खर्च गर्नुपर्नेमा जोड दिए । भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पेशल मुल्मीले आफ्नो कार्यकालमा गरिएको कामहरुको बिषयमा जानकारी दिँदै समस्या र चुनौतीको बिषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष ईश्वरी प्रताप लामा ,राधाकृष्ण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सत्य बहादुर श्रेष्ठ , भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका संस्थापक अध्यक्ष रामप्रसाद धौजु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मनत्बय सदस्य अर्जुण लम्सालको रहेको थियो भने सञ्चालन सचिव सुमन थापा मगरको रहेको थियो ।