सामुदायिक बिद्यालयहरुलाई बार्षिक आय र ब्यय पेश गर्न निर्देशन ,शिक्षक तथा कर्मचारी नियुक्तिको बिवरण माग

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूलाई बार्षिक आय र ब्ययको बिवरण माग गरेको छ । शिक्षक तथा कर्मचारीहरूको नियुक्ति विवरण समेत पेश गर्न नगर प्रमुख राजन पौडेलले निर्देशन दिनुभएको छ । उपमहानगरले जारी गरेको पत्रमार्फत विद्यालयहरूले स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विवरण संकलन गरी नगर कार्यालयमा अनिवार्य रूपमा पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

अधिकृत दशौँ शिवजी प्रसादले जारी गर्नुभएको सुचनामा विद्यालयहरूलाई शिक्षक तथा कर्मचारीहरूको पद, तह, नियुक्तिको प्रकृति, मासिक पारिश्रमिक लगायतका विवरणहरू निश्चित ढाँचामा प्रस्तुत गर्न भनिएको छ। साथै, नगर वा बडाबाट तलब भत्ता पाउने र विद्यालयको निजी स्रोतबाट तलब भत्ता पाउने शिक्षक तथा कर्मचारीहरूको विवरण पनि छुट्टाछुट्टै पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

यस कार्यका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय पनि संलग्न गर्नुपर्ने नगर कार्यपालिकाले जनाएको छ । सामुदायिक बिद्यालयहरुलाई यहि बैशाख २२ गते भित्र बिवरण पेश गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले निर्देशन दिएको जनाएको छ ।