डुमरवाना दुग्ध उत्पादक सहकारीको भूमिकामाथि मधेस प्रदेशस्तरीय गोष्ठी सम्पन्न

रञ्जन यादब /बारा

बाराको सिमरामा “मधेस प्रदेशमा डुमरवाना दुग्ध उत्पादक सहकारीको भूमिका” विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । मधेस प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. उमेश दहालको प्रमुख आतिथ्यता तथा डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै दुग्ध उत्पादन क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। गोष्ठीमा नजिकका सहकारी संस्थाका प्रतिनिधिहरूका साथै प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. सरोज चौधरी, उपेन्द्र सिंह, भेटनरी अस्पतालका डा. संजीव ठाकुर, प्रधानमन्त्री कृषि परियोजनाका डा. हेमचन्द्र जैशवार, नार्कका डा. अजित झा, खाद्य विभागका श्रवण सर तथा जितपुरसिमरा जितपुरसिमरा उपमहानगरपालिकाका पशु शाखा प्रमुख डा. सुवास झा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक, लेखा समिति, सल्लाहकार तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। गोष्ठी पश्चात सचिव डा. दहालसहितको टोलीले डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको उद्योगस्थल समेत निरीक्षण गरेको थियो ।यस कार्यक्रममार्फत दुग्ध सहकारीको समग्र विकास र प्रदेशस्तरमा सहकार्यका नयाँ सम्भावनाहरूको बाटो खुलेको सहभागीहरूको धारणा राखेको थिए ।