औराहामा “समुदायमा न्यायिक पहुँच” कार्यक्रम सम्पन्न

रञ्जन यादब/बारा

बाराको औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा र उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजको आयोजनामा “समुदायमा न्यायिक पहुँच” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ । समुदायमा न्यायिक प्रणालीको पहुँच वृद्धि गर्दै सर्वसाधारणमा न्यायिक सचेतना फैलाउनु कार्यक्रमको उदेश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

उच्च अदालतका मुख्य न्यायधीश राजन प्रसाद भट्टराईले अदालती कामकारबाहिहरुलाई समुदायमा परिचित गराउँन तथा न्यायका बिषयबस्तुको बिषयमा समुदायलाई जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । ।कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले गर्नुभएको थियो भने उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई विशेष उपस्थितिमा कार्यक्रम संचालन भएको हो ।

उक्त कार्यक्रममा उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजका न्यायधीश हरिराज कार्की ,रजिष्ट्रार दिपक भण्डारी ,उप रजिष्ट्रार शम्मीकपुर साह ,शाखा अधिकृत धुब्र प्रसाद सुबेदी लगायत सहकारी संस्थाका सदस्यहरू, समाजसेवी, विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकारहरू साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको गरी जम्मा १५० जना सहभागी भएका थिए ।