hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

जीतपुरसिमरा उपमहानगरपालिकामा भू–सेवा केन्द्र सञ्चालन, अब सम्पूर्ण जग्गासम्बन्धी कार्य वडा कार्यालयमै

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले नागरिकलाई सहज र छिटो सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालनको सुरुवात गरेको छ। यस केन्द्रमार्फत अब वडाबाट नै सम्पूर्ण जग्गासम्बन्धी प्रशासनिक कार्यहरु गर्न सकिनेछ ।भूमिसम्बन्धी कार्यहरू सहज बनाउने उद्देश्यले उपमहानगरपालिकाले यो पहल लिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । यस केन्द्रको सञ्चालनसँगै मालपोत कार्यालयमा देखिएको विचौलियाको भूमिकालाई पूर्ण रूपमा निस्तेज गरिने बिश्वास लिएको छ ।

अब स्थानीयवासीहरूले वडा कार्यालयमै पुगेर आफ्नो जग्गासम्बन्धी आवश्यक कार्यहरू गर्न सक्नेछन्, जसले सेवाग्राहीलाई समय र झन्झटबाट मुक्ति दिने जनाईएको छ । एक तालिमको आयोजना गरि वडा सचिव तथा प्रतिनिधिहरुलाई भू–सेवा केन्द्रको कार्यप्रणाली, सेवाग्राहीलाई प्रदान गरिने सुविधाहरू, र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक विधिहरूबारे जानकारी गराएको छ। उपमहानगरपालिकाले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएपछि नागरिकहरूले वडाबाटै सरल, सहज, र पारदर्शी रूपमा सेवा पाउने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको छ ।