रञ्जन यादब /पर्सा
बिन्दाबसनी कोइलाभार बढ्निहार साझेदारी वन क्षेत्रबाट ५.३५ क्युफिट काठको गोलिया सहित दुई थान साइकलमा बोकेर ल्याइँदै गरेको दाउरा बरामद गरिएको छ ।
बढ्निहार सब डिभिजन वन कार्यालयबाट जमदार जीतबहादुर तमाङको नेतृत्वमा गएको टोलीले अवैध रूपमा राखिएको काठ तथा दाउरा फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । जमदार तमाङका अनुसार ढालेर राखिएको रुखबाट केही भाग काठ चोरले लगिसकेको भए पनि बाँकी काठ बेवारिसे अवस्थामा फेला परेको थियो।
सोही अवस्थामा भेटिएको काठको गोलिया नियन्त्रणमा लिइएको छ ।त्यस्तै, चितवनिया क्षेत्रबाट पनि दुई थान साइकलमा ल्याइँदै गरेको काठ नियन्त्रणमा लिइएको छ। काठ तस्करीमा संलग्न व्यक्ति भने भाग्न सफल भएका छन्। वन कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।