शिव मन्दिर व्यवस्थापक समिति जितपुरद्वारा होली मिलन कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

शिव मन्दिर व्यवस्थापक समिति जितपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन रङ्ग लगाएर मधेस प्रदेश सभा सदस्य देनारायण चौधरीले गरेका थिए । उनले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह गरे ।

त्यस्तै वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले े होली पर्व सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाईचारा बढाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबैलाई मर्यादित रूपमा मनाउन अनुरोध गरे ।

मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम साह कानुले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष गुप्ता, वडा सदस्य नवीन मैनाली, इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक सुरेन्द्र तामाङ ,समाजसेवी अफताब आलम ,श्रवन गुप्ता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।