सन्तानको रहर पुगेकाकोेलागि सिमरामा भएको बन्ध्याकरण शिबिरमा १ सय १९ जनाले लाभ लिए

रञ्जन यादब /बारा

सन्तानको रहर पुगेकाकोेलागि सिमरा अस्पतालमा भएको निशुल्क बन्ध्याकरण शिबिरमा १ सय १९ जनाले बन्ध्याकरण गराएका छन् । जसमा १ जना पुरुषले स्थायी बन्ध्याकरण भ्याक्सेटोमि र १ सय १८ जना महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप गराएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत चौधरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाराको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको ब्यवस्थापनमा भएको बन्ध्याकरण शिबिर जीतपुरसिमरा उपमहानगरपालिकामा तिन दिन सम्म चलेको थियो । शिबिरमा बन्ध्याकरण गर्न आएका सेवाग्राहीहरुलाई घर पुरयाउँने सम्मको काम जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको थियो ।

विगतका शिविर भन्दा यसपालिको शिबिरमा नागरिकको उल्लेख्य सहभागिता रहेको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ । अहिले पुरुष भन्दा बढी महिलाको यसमा सभागिता बढ्दै गएकाले आगामि दिनमा अन्धबिश्वास र परम्परागत सोचमा कमी आएमा पुरुषको समेत सहभागिता बढ्न सक्ने बिश्वास जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत राकेश चौधरीले बताए ।त्यस्तै बारा जिल्लाका बिभिन्न स्थानीय तहमा बन्ध्याकरण शिबिर चलाईरहेका शिबिरका फोकल पर्सन राग्वेन्द्र कर्णले शिबिर फागुन ५ गते सम्म चल्ने बताए ।

उनले अहिले सम्म कोल्हबी नगरपालिकामा ८५ जना र फेटा गाउँपालिकामा ३ सय ४६ जनाले सेवा लिएको उनले जानकारी दिए । बाराको सिम्रौनगढ नगरपालिका ,पचरौता नगरपालिका ,करैयामाई गाउँपालिका ,बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिकामा शिबिर चलाउँन बाँकी रहेको फोकल पर्सन कर्णले बताए । बन्ध्याकरण गराउँन आउँनेलाई प्रत्येक ब्यक्ति रु ३ सय र औषधी शिबिरमा ब्यवस्था गरिएको छ ।शिबिरमा १ जना डाक्टर सहित ९ जनाले प्राबिधिक सेवा दिईरहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।