बहुदरमाईको फर्निचर उद्योगमा छापामारी , मनवामा ढुंगा र बालुवा जफत

रञ्जन यादब /पर्सा

बहुदरमाई नगरपालिकाको डकैहना चोकमा सञ्चालित एउटा अबैध फर्निचर उद्योगमा छापामारी गरी बिभिन्न फर्निचरहरु जफत गरिएको छ । सब डिभिजन बन कार्यालय बड्निहारबाट बन अधिकृत नवनीत मिश्रको कमाण्डमा गएको टोलीले फर्निचरको गोदाममा छापामारी गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बन टोलीले छापामारी गरी १ थान टेबल फ्रेम, २ थान कुर्सी फ्रेम, २ थान पलङको खाट, १ थान किचन र्याक, र २ थान टुक्रा फर्निचर जफत गरिएको उनले बताए । त्यस्तै बुधबार साँझ एक ट्रयाक्टर दाउरा र तीनवटा साईकल बरामद गरिएको छ । बन गस्तीको क्रममा साईकलमा लोड गरी ल्याउँदै गरिएको दाउरा सहितको साईकल नियन्त्रणमा लिएको सब डिभिजन बन कार्यालय बड्निहारका बन अधिकृत नवनीत मिश्राले जानकारी दिए ।

यता पर्सागढी नगरपालिकाको मनवामा अवैध रुपमा संकलन गरिएका ढुंगा र बालुवा जफत गरिएको बन अधिकृत मिश्राले बताए । जफत गरिनेमा बालुवा ८ ट्रयाक्टर र ४ ट्रयाक्टर बोल्डर रहेको उनले जानकारी दिए ।

 

जफत गरिएको फर्निचर ,बालुवा र बोल्डरलाई सब डिभिजन बन कार्यालय बड्निहारको नियन्त्रणमा राखिएको छ । यता कार्तिक २२ गते नियन्त्रणमा लिएको ट्रयाक्टर सहितको बालुवालाई रु ११ हजार जरिवाना गरी छोडिएको छ ।

अब पुन ः अबैध रुपले नदिजन्य पदार्थ नढुवानी गर्ने सर्तमा छोडिएको हो डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताए ।