बड्निहारको बन क्षेत्रबाट अवैध काठ तस्करीको आरोपमा एक जना पक्राउ

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका वडा नं.३ बड्निहार स्थित बन क्षेत्रबाट अवैध काठ (चौपेटा)तस्करीको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति बड्निहार निवासी २७ वर्षीय धर्मेन्द्र दास थारु रहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बड्निहार सब डिभिजन बन कार्यालयबाट जमदार जित बहादुर तमाङ्गको नेतृत्वमा … Read more

कोल्हबीको सखुवाहामा साल र सिसौका काठ बरामद

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका वडा नं. ५ स्थित सखुवाहा भन्ने स्थानमा तीन थान काठ बरामद भएको छ । परालमुनी लुकाइछिपाई राखिएको अवस्थामा साल जातका २ थान गोलिया र जङ्गली सिसौको १ थान काठ बरामद गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण  पटेलले जानकारी दिनुभयो । काठ बरामद गर्ने टोलीमा नेपाल प्रहरी, सशस्त्र … Read more

पर्सागढीबाट एक जना मानिस सहित तिन थान काठ बरामद

रञ्जन यादब /बारा पर्सागढी नगरपालिका वडा नं.३ रुनीजामर भन्ने ठाउँबाट आज तीन थान काठ( चौपट) सहित एक जना मानिस पक्राउ परेको छ । बडनिहार सब डिभिजन बन कार्यालयबाट जमदार जीत बहादुरको नेतृत्वमा गएक बन गस्ती टोलीले करिब १५ क्युफिटको तीन थान चौपट सहित एक जना मानिस पक्राउ परेको बन अधिकृत नवनीत मिश्राले जानकारी दिए । … Read more

जीतपुरसिमराको १० औँ नगर सभा विरुद्ध परेको रिट उच्च अदालतले खारेज

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भएको १० औँ नगर सभा विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेको छ । पौष ८ गते आज न्यायधिशद्धय ऋषिराम निरौला र भरत लम्सालको ईजलासले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेका हुन् । जारी भएको निर्देशनात्मक आदेशको ब्याख्या भने आउँन बाँकी … Read more

जीतपुरसिमराले दिवांगत भएका कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले दिवांगत भएका एक जना कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण गरेको छ । गत असोज २५ गते आधारभुत स्वास्थ्य चौँकी औराहामा कार्यरत प्रबिण कुमार कर्णको दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु भएका कर्णको पत्नी सिमा कर्णलाई रु २५ लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख राजन पौडेलले … Read more

दुधौरा खोलाको ड्याम पुनर्निर्माण सुरु, किसानहरूमा खुशीको लहर

रञ्जन यादब/बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको दुधौरा खोलाको ड्याम पुनर्निर्माण सुरु भएपछि किसानहरु खुसी भएका छन् । दुधौरा खोलाको नारायणी सिंचाई आयोजनाको ड्याम विगतको बाढीले भत्किँदा किसानहरू ठूलो मर्कामा परेका छन् । यस सिंचाई प्रणालीले वडा नं. १०, ८, २४ लगायतका क्षेत्रका किसानहरूको खेतियोग्य जमिनमा सिंचाई सुविधा प्रदान गर्दै आएको थियो। ड्याम भत्किएपछि … Read more

पर्सागढीको झाँगड टोलबाट ५ थान साल काठको गोलिया बरामद

रञ्जन यादब /बारा पर्सागढी नगरपालिका वडा नं.२ झाँगड टोलबाट ५ थान साल काठको गोलिया बरामद भएको छ । बिन्दाबासनी कोईलाभार बड्नियार साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रिजवान आलमको नेतृत्वमा गएको बनको टोलीले पाँच थान काठको गोलिया बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बिशेष सुचनाको आधारमा गएको बन टोलीले … Read more

पुर्ब मन्त्री श्रेष्ठले गरे पत्रकार महासंघ बारामा रु.एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा

रञ्जन यादब /बारा नेपाल पत्रकार महासंघ बारा शाखामा पुर्बमन्त्री तथा बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।मंसिर २८ गते सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार सम्मान गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित आफनो निवासमा आयोजित कार्यक्रममा पुर्ब … Read more

पटेर्वा सुगौलीबाट साईकलमा लोेड काठको गोलिया बरामद ,काठ तस्कर फरार

रञ्जन यादब /बारा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ धर्मबस्तीबाट ३.३७ क्युफिटको सालको गोलिया बरामद भएको छ । रङ्गपुर सब डिभिजन बन कार्यालयबाट जमदार अर्जुन चौधरीको कमाण्डमा गएको बन टोलीले एक थान सालको काठ बरामद गरेको छैठो तहका अधिकृत उज्जवल यादबले जानकारी दिए । करिब ७ बजेको समयमा साईकलमा काठको गोलिया लोड गरि ल्याईरहेको अवस्थामा … Read more

कोल्हबीको सखुववामा परालभित्र लुकाई राखिएको अबैध काठसहित साइकल बरामद

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुववा भन्ने स्थानमा  खेतको परालमा लुकाई छिपाई राखिएको अवस्थामा अबैध काठ बन टोलीले बरामद गरेको छ  ।बरामद काठमा साल जातका तीन थान गोलिया करिब १० क्युफिटको ,करिब तीन क्युफिटको  सिसौको गोलिया एक थान र  एउटा साइकल रहेको छ । डिभिजनल वन कार्यालयका  डिभिजनल बन अधिकृत राजीव कुमार झाको … Read more