hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

पुर्ब मन्त्री श्रेष्ठले गरे पत्रकार महासंघ बारामा रु.एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा

रञ्जन यादब /बारा

नेपाल पत्रकार महासंघ बारा शाखामा पुर्बमन्त्री तथा बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।मंसिर २८ गते सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार सम्मान गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित आफनो निवासमा आयोजित कार्यक्रममा पुर्ब मन्त्री श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।

पुर्ब मन्त्री समेत रहेका बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य श्रेष्ठले आफ्नो स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा रु.एक लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिएका छन् । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गर्न समेत पुर्वमन्त्री श्रेष्ठले कार्यक्रममा आग्रह गरेका थिए ।श्रेष्ठले यसअघि तनहुँमा समेत स्वर्गीय बुवाको नाममा एक लाखको अक्षय कोष स्थापना गरेका थिए ।

उक्त अक्षयकोषबाट हालसम्म तनहुँमा तीन जना पत्रकार पुरस्कृत भईसकेका छन् ।कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले पत्रकार महासंघको पूर्वाधार निर्माण र पत्रकारको हकहितका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै उक्त अक्षयकोषबाट प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने बताएका छन् ।कार्यक्रमको सञ्चालन समाजसेवी शेखर भण्डारीले गरेका थिए भने कार्यक्रममा बारा क्षेत्र नं.४(क) का प्रदेश सभाका प्रत्यासी सन्तोष कुश्वाहाको उपस्थिती रहेको थियो ।