संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन

रञ्जन यादब /बारा बाराका वरिष्ठ नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको निधन बुधबार बिहान वीरगन्जको हेल्थकेयर अस्पतालमा उपचारका क्रममा भएको हो। लामो समयदेखि मधुमेहबाट पीडित रहेका यादवको स्वास्थ्य स्थिति जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो।नेपाली कांग्रेस बारा जिल्ला सचिवको जिम्मेवारी समेत समाहलिसकेका यादव … Read more

नगरसभा फेरि अन्योलमाः जीतपुरसिमरामा बजेट बांडफाँडमा सहमति नहुँदा फेरि दोस्रो पटक नगर सभा बैठक स्थगन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा फेरि दोस्रो पटक पनि स्थगित भएको छ । बुधबार (असार १८) तय गरिएको नगरसभा बैठक स्थगित भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईले एक सूचना जारी गर्दै २०७५ सालको नगरसभा सञ्चालन नियमावली अन्तर्गत नियम ३ को उपनियम (६) बमोजिम यसअघि आह्वान गरिएको नगरसभाको दोस्रो बैठक स्थगित … Read more

जीतपुरसिमराका मेयर पौडेलद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले रास्वपा सभापति रवि लामिछानेको समर्थनमा जनहस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन्। उनले रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै समर्थन जनाएका हुन्।् ।नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचित मेयर पौडेलले हस्ताक्षर गर्दै रवि लामिछानेविरुद्ध भइरहेको कार्यप्रणाली अस्वाभाविक र नियतवश भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी तथा … Read more

उद्योग तथा पर्यटन प्रवद्र्धन मेलामा स्थानीय उत्पादन र सांस्कृतिक विविधताको उजागर

रञ्जन यादब /बारा उद्योग विभाग वीरगंज, पर्सा र पर्यटन विकास कार्यालय पर्साको प्रमुख सहयोग तथा नाटा मधेश प्रदेशको संयोजनमा बारा र पर्सा जिल्लाको उद्योग तथा पर्यटन प्रवद्र्धन मेला सिमरामा भव्य रूपमा सम्पन्न भएको छ। मेलाको उद्देश्य घरेलु उत्पादनको प्रचारप्रसार, मिथिला तथा भोजपुरा कला प्रदर्शनी, पर्सा राष्ट्रिय निकुञ्ज तथा ठोरी गाउँपालिकामा अवस्थित पर्यटकीय सम्भावनाको प्रवद्र्धन रहेको … Read more

पथलैयामा वृहत् सडक सरसफाई कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा पथलैयामा वृहत् सडक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराकाको सहकार्यमा सरसफाई सञ्चालन भएको हो । पथलैया चोकदेखि खानेपानी ट्यांकीसम्मको सडक खण्ड सरसफाई गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद किसान श्रेष्ठ, प्रदेश सांसद देवनारायण चौधरी, उपमहानगरपालिकाका … Read more

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा बारामा ८०८ वटा बिरुवा रोपण

रञ्जन यादब /बारा बाराको कलैया उपमहानगरपालिका–११, बिश्मभरपुरमा डिभिजन वन कार्यालय बाराको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस २०८२ भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष अजय कुश्वाहा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बिश्मभरपुरका प्राचार्य मुकेश चन्द्र कुसवाहा, सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दन कुसवाहा लगायत सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो । यता … Read more

सर्वदलीय बैठकबाट आमाडारमा ११ सदस्यीय दलित सञ्जाल समिति गठन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–११ आमाडारमा सम्पन्न सर्वदलीय बैठकले ११ सदस्यीय सर्वदलीय दलित सञ्जाल समिति गठन गरेको छ। वडा अध्यक्ष बिन्दालाल साहको अध्यक्षतामा सम्पन्न बैठकमा दलित समुदायको अधिकार र सहभागिता सशक्त बनाउन समिति गठन गरिएको हो। नवगठित समितिमा अध्यक्षमा दिपलाल राम महरा, उपाध्यक्षमा सुरेन्द्र महतो तत्मा, सचिवमा दिपेन्द्र महतो, सह–सचिवमा प्रदीप कुमार माझी र कोषाध्यक्षमा … Read more

सुनमा विलासिता कर र हिरामा भ्याटको विरोधमा सिमरामा सुनचाँदी व्यवसायीको रयाली

रञ्जन यादब /बारा सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिराको पत्थरमा लागु गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघले शुक्रबार विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअनुसार जीतपुर र सिमरामा आयोजित विरोध रयालीमा स्थानीय सुनचाँदी व्यवसायीहरू सहभागी भएका थिए । नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम सराफको नेतृत्वमा … Read more

सिमरामा बन तथा बन्यजन्तु व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा बन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आयोजनामा बन तथा बन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशभित्र रहेको बन तथा बन्यजन्तुको संरक्षण र उचित व्यवस्थापनमा सरोकारवालाहरूबीच साझा बुझाइ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बन तथा बन्यजन्तुको महत्व, सम्बन्ध, संरक्षण र व्यवस्थापनका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो। … Read more

सिमरामा प्रहरी प्रमुख र उद्योगप्रतिनिधिबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा ईलाका प्रहरी कार्यालय सिमराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको अध्यक्षतामा सिमरामा एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा तथा उक्त कार्यालय अन्तर्गतका वडा एरियामा पर्ने उद्योग तथा कलकारखानाका प्रतिनिधिहरूबीच परिचय, भेटघाट र आपसी समन्वय सुदृढ गर्नका लागि अन्तरक्रिया गरिएको हो। डीएसपी जोशीले … Read more