कोल्हवीमा छड्के अपरेशन ः एक जना पक्राउ, साइकलसहित काठ बरामद

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिकाको विभिन्न स्थानबाट साल जातको काठसहित एक जना मानिस पक्राउ परेका छन् । नेपाल प्रहरी तथा कोल्हवी सवडिभिजन वन कार्यालयका कर्मचारीहरूको सहभागितामा गरिएको छड्के अपरेशनमा अवैध रूपमा काठ ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । कोल्हवी नगरपालिका–४ … Read more

डुमरबानामा राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ सफलता पूर्वक सम्पन्न,एक सय बिद्यार्थी एक साथ दौडे

रञ्जन यादब /बारा राष्ट्रिय विभूति एलुम्नाइ (एसईई ब्याच –२०७३) द्वारा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको सहकार्यमा आयोजित राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा छात्र तथा छात्रा गरी जम्मा १ सय जना खेलाडिहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रतर्फ लोटस एकेडेमी, सिमराका राजाबाबु दास प्रथम स्थान हासिल गर्दै १८ … Read more

औराहामा मौसम अनुसारको तरकारीको हाइब्रिड बीउ बितरण हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ द्वारा वार्षिक मौसम अनुसारको तरकारीको हाइब्रिड उच्च जातको बीउ शुक्रबार निःशुल्क वितरण गरिने भएको छ । वडाध्यक्ष भोजहादुर खत्रीका अनुसार, कृषकहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने उद्देश्यले वडाले निःशुल्क बीउ वितरणको कार्यक्रम ल्याएको हो। स्थानीय उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले वडाले यस प्रकारका विभिन्न कृषक–हितका कार्यक्रमहरू सञ्चालन गर्दै … Read more

पर्साको बन गस्ती टोलीले एक ट्रयाक्टर चिरपट दाउरा बरामद

रञ्जन यादब पर्सागढी नगरपालिका–१ स्थित जंगलबाट वन गस्ती टोलीले एक ट्रयाक्टर चिरपट दाउरा बरामद गरेको छ । अवैध रूपमा रुख काटेर चिरपट बनाई बाहिर ल्याउने क्रममा वन गस्ती टोलीलाई देखेर संलग्न व्यक्ति फरार भएका छन् । बढ्निहार सब डिभिजन वन कार्यालयका जमदार जीत बहादुरको नेतृत्वमा गस्ती टोलीले उक्त चिरपट बरामद गरेको हो। यसबारे जानकारी दिँदै … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी ७५ औँ प्रजातन्त्र दिवस मनायो

रञ्जन यादब /बारा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले झण्डोत्तलन ,ं कार्यालय परिषर भित्र सरसफाई र मैनबत्ती बालेर दिपावली कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाएको छ । नगर प्रमुख राजन पौडेलले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका … Read more

बालक अंश चौधरीको न्यायको माग गर्दै जीतपुरको राजमार्गमा प्रदर्शन, सीआईबी अनुसन्धानको माग

रञ्जन यादब /बारा बाराको बिरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुरमा बुधबार बालक अंश चौधरीको न्यायको माग गर्दै उनका आफन्त तथा स्थानीयले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर दोषीलाई कारबाही गर्न माग गरेका थिए । गत माघ १७ गतेदेखि हराइरहेका ३ बर्षिय बालक अंश चौधरीको शव १० दिनपछि खोलामा डुबेको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार … Read more

नेतृत्व विकासका लागि सिमरामा ‘लोम लिडरसिप एकेडेमी २०२५ आयोजना हुने

रञ्जन यादब /बारा नेपाली युवाहरूलाई नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धि गराउने उद्देश्यले बाराको सिमरामा राष्ट्रिय स्तरको ‘लोम लिडरसिप एकेडेमी २०२५’आयोजना गर्ने भएको छ । यहि फागुन ९ गतेदेखि ११ गतेसम्म (२१ फेब्रुअरीदेखि २३ फेब्रुअरी २०२५) सिमरास्थित होटल ईच्छामा कार्यक्रम सम्पन्न हुने ब्यवसथापक सिमरा जेसिजले पत्रकार सम्मेलन गरी जनाएको । नेपाल जेसिजको आयोजनामा हुने कार्यक्रमको औपचारिक … Read more

पर्साको जंगलबाट तीन थान साईकल सहित २० क्युफिट सालको काठ बरामद, ८ जना फरार

रञ्जन यादब /पर्सा सब डिभिजन वन कार्यालय बड्निहारले पर्सागढी नगरपालिका–३ स्थित जङ्गलभित्र मुर्दा घाट भन्ने स्थानबाट अवैध रूपमा भण्डारण गरिएको सालको काठ बरामद गरेको छ। जमदार जित बहादुरको नेतृत्वमा रहेको वन गस्ती टोलीले १७.२४ क्युफिट सालको काठसहित दुईवटा होन्डा साइकल नियन्त्रणमा लिएको हो ।वन अधिकृत मञ्जुर अहमदका अनुसार घटनास्थलमा ६ जना संलग्न रहेको भए पनि … Read more

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न

रञ्जन यादब /बारा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था जीतपुरले आफ्नो २३औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क दन्त तथा आँखा चेकजाँच शिविर आयोजना गरेको छ । उक्त शिविरमा ३२५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको संस्थाका ब्यवस्थापक सन्तोष यादबले जानकारी दिए । छन् । उक्त शिविरमा आाखा रोग विशेषज्ञले ४८ जनामा मोतियाबिन्दु भएको पत्ता लगाएका छन्, जसका … Read more

डुमरबानामा प्रोग्रेस कल्चरल फेस्ट–२०८१ भव्य रूपमा सम्पन्न

रञ्जन यादब /बारा प्रोग्रेस एजुकेशन एकेडेमी, जीतपुरसिमरा–१५, डुमरवानाद्वारा आयोजित “दोस्रो प्रोग्रेस कल्चरल फेस्ट–२०८१“ भव्य रूपमा सम्पन्न भएको छ । कल्चरल फेस्ट विशेषगरी विद्यार्थीमुखी कार्यक्रम थियो । जसमा विद्यार्थीहरूले विभिन्न संस्कृतिहरू झल्किने परम्परागत भेषभूषामा सजिएर प्रस्तुतिहरू दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विज्ञान प्रदर्शनीहरू प्रदर्शन गरेका थिए ।जसले विज्ञानप्रति उनीहरूको रुचि र सिर्जनात्मकता झल्काउँने बिद्यालयका … Read more