शिव मन्दिर व्यवस्थापक समिति जितपुरद्वारा होली मिलन कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा शिव मन्दिर व्यवस्थापक समिति जितपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन रङ्ग लगाएर मधेस प्रदेश सभा सदस्य देनारायण चौधरीले गरेका थिए । उनले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह गरे । त्यस्तै वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले े होली पर्व सामाजिक सद्भाव, आपसी मेलमिलाप … Read more

जीतपुरसिमरामा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सहसचिव प्रसाँई हाजिर , नगर प्रमुख पौडेलले गरे स्वागत

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सह सचिव शान्तीराज प्रसाँई आउँनुभएको छ । पुराना प्रमुख प्रशासकीय अधिकृत उप सचिव उर्मिला काफ्ले रमाना लिएर बेपत्ता छानविन आयोगमा हाजिर भइसकेपछि उहाँको ठाउँमा प्रसाँई आउँनुभएको हो । प्रसाईलाई नगर प्रमुख राजन पौडेल, उप प्रमुख भोला प्रसाद अधिकारी , वडा अध्यक्षहरू र नगरका कर्मचारीहरूले न्यानो … Read more

एन प्याब्सन जीतपुरसिमराद्वारा अतिरिक्त क्रियाकलाप समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा एन प्याब्सन जीतपुरसिमराले शैक्षिक सत्र २०८१ मा आयोजना गरिएका अतिरिक्त क्रियाकलापहरूको समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सनको शैक्षिक क्यालेन्डरअनुसार विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने विद्यालयहरूलाई सम्मान गरिएको छ ।बर्षभरि १४ वटा विभिन्न प्रतियोगिताहरू सञ्चालन भएका थिए, जसअन्तर्गत हाजिरीजवाफ, नेपाली हिज्जे, क्रिकेट, वक्तृत्वकला , स्पेलिङ्ग, चेस, तीज नृत्य, केटा तथा केटी … Read more

सिमरामा सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न

रञ्जन यादब /बारा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साना किसान लघु वित्तीय संस्था लिमिटेड, हेटौंडा र साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिमराको साझेदारीमा एकदिने सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण तालिम भव्य रूपमा सम्पन्न भएको छ । जीतपुर–सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत उर्मिला काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति … Read more

रामवनबाट चार थान सालको काठ बरामद, तस्कर फरार

रञ्जन यादब /पर्सा वीरगंज महानगरपालिका वडा नम्बर ३२, रामवन क्षेत्रबाट अवैध रूपमा काटिएको साल जातको काठ बरामद गरिएको छ । गए राति करिब १ बजे सवैया सब डिभिजन बन कार्यालयबाट बन कर्मचारी तथा सशस्त्र प्रहरी बल बेस बेलवा टोलीको संयुक्त प्रयासमा उक्त काठ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले जानकारी दिए । … Read more

जीतपुरमा राजसंस्थाको पुनर्बहालीको माग गर्दै प्रदर्शन

रञ्जन यादब /बारा पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले देश र जनताको नाममा दिएको सन्देशलाई समर्थन गर्दै तथा राजसंस्थाको पुनर्बहालीको माग राख्दै जीतपुरमा राजावादीहरुले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनको नेतृत्व कफनका मनीर अंसारीले गरेका थिए ।राजसंस्थाको पुनस्र्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनकारीहरुले जीतपुर परिक्रमा सहित र्याली निकालेका थिए। जुलुस जीतपुर चोकको मुख्य सडकखण्डमा पुगेर … Read more

स्वास्थ्य शिबिर सञ्चालन गर्नपुर्बक अनुमती लिनुपर्ने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा निशुल्क वा स शुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्न पुर्ब सम्बन्धित निकायसँग अनुमती लिएर सञ्चालन गर्न अनुरोध गरेको छ । स्वास्थ्य सेवासँग सम्बन्धित कार्य गर्दा कानुनी प्रावधानको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको हो । यस्तो कार्य गर्दा अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण हुने भएकाले यसलाई प्रभावकारी रूपमा … Read more

पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक

रञ्जन यादब /बारा माओवादी केन्द्रद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहित केन्द्रीय नेतृत्वको बारा जिल्लाको विभिन्न स्थानमा फागुन २४ गते र २५ गते जनसंपर्क, जनसभा तथा जागरण कार्यक्रमको कार्यतालिका सार्बजनिक भएको छ । फागुन २४ गते बिहान आदर्श कोतवाल गाउँपालिकामा तोकिएको स्थानमा जभेटघाट तथा माओवादी जागरण सभाको आयोजना हुनेछ । … Read more

६ थान काठ अबैध रुपमा ओसारपसार गर्ने ३ जना अटो सहित पक्राउ

रञ्जन यादब /बारा बारा जिल्लाको कोल्हवी नगरपालिकामा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवन, बाराबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोमबार कोल्हवी नपा–०८, मिलनचोकबाट म.प्र.०३–००१ … Read more

स्मार्ट एजुकेशन हब सिमरामा सञ्चालन

रञ्जन यादब /बारा शैक्षिक क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने उद्देश्यले स्मार्ट एजुकेशन हब सिमरा स्थित एयरपोर्ट चोक मा सञ्चालनमा आएको छ । स्मार्ट एजुकेशन हबले +२ देखि ब्याचलर तहसम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने सञ्चालक गोबिन्द थापाले जानकारी दिए । यसमा कम्प्युटरका विभिन्न कोर्सहरू सञ्चालन गर्नुका साथै ईलटर्स तयारी कक्षाहरू र विद्यार्थी भिसा परामर्श … Read more