उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँः रवि लामिछाने

काठमाडौं,माघ २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।

रास्वपाले गर्यो सरकारबाट बाहिरिने

काठमाडौं, माघ २२– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, माघ २२– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज काठमाडौँमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो राजनीतिक अवस्थाको बारेमा लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन … Read more

चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग

चितवन, माघ २२ गते । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्न मागसहित निर्वाचन आयोग जाने भएका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार र सांसद हुन अयोग्य रहेको अदालतको ठहरसँगै उनको सांसद पद गुमेको थियो । श्रेष्ठ आज आइतबार … Read more

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,माघ १८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलबीच खटपट सुरु भएको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गठबन्धनमा खटपट देखिएको छ ।प्रचण्डले गृहमा रविलाई गृहमा भित्र्याउन नसकिने बताएपछि समस्या बढेको हो ।

अदालतबाट फैसलाको पूर्णपाठ नआए सम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं माघ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । आज (मंगलबार) पार्टीको पदाधिकारी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ … Read more

निर्वाचनमा रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धा गर्ने चाहना छ: कांग्रेस नेता भण्डारी

काठमाडौँ, माघ १६- नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले आफूलाई रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धा गर्ने रहर लागेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रममा बोल्द आफूले निर्वाचनमा रबिसँग प्रतिस्पर्धा चाहेको बताएका हुन् । रविप्रति जनताको आकर्षण … Read more

चितवन–२ को उपनिर्वाचनमा रविलाई सत्ता गठबन्धनले सहयोग गर्छः शेरबहादुर तामाङ

काठमाडौं, माघ १६- सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रममा बोल्दै तामाङले चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रविलाई सत्ता गठबन्धन … Read more

सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु

काठमाडौं, माघ १६– राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै … Read more

रविलाई तुरुन्त गृहमन्त्री पदमा फर्काउन एमालेको दबाव, प्रधानमन्त्री छैनन् तयार

काठमाडौं, माघ १५- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् । ‘उहाँमाथि गम्भीर चार्ज … Read more