जीतपुरमा श्री गणेश चतुर्थी पूजाको भव्य तयारी , बुधबार शोभा यात्रा

रञ्जन यादब /बारा बाराको जीतपुरमा लाग्दै आएको १८औँ श्री गणेश चतुर्थी पूजा भोलि बुधबारदेखि सुरु हुने भएको छ । आयोजक श्री सिद्धिविनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यसवर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती, घोडा र बाजागाजा सहित शोभायात्रा निकालेर पूजाको सुरुवात गरिने समितिले जनाएको छ। … Read more

प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष  कुशवाहा  पार्टिबाट  निष्कासन

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निष्कासन गरेको छ। माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेको र त्यसअनुसार माओवादी केन्द्र मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो। हालको घटना विवरण स्थायी घर पर्सा जिल्ला … Read more

परवानीपुर गाउँपालिकाले बहुअरी सडक अवरोधबारे प्रेस विज्ञप्ति जारी

रञ्जन यादब /बारा परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा केहि व्यक्तिहरुले गरेको अवरोध र संचार माध्यममार्फत भ्रामक प्रचारबारे प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई वास्तविकता सार्वजनिक गरेको छ। पालिकाले विगत तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गर्दै बहुअरीको मूल सडक निर्माणको प्रयास गर्दै आएको भए पनि राजनीतिक स्वार्थ राख्ने केही व्यक्तिहरुले पटक–पटक अवरोध गर्दै … Read more

बिरगंज–३२ रामबनबाट २४ थान चिरानकाठ बरामद

रञ्जन यादब / बिरगंज महानगरपालिका वडा नं.३२ रामबनबाट अबैध २४ थान चिरानकाठ बरामद गरिएको छ। सबैया सब–डिभिजनको टोली रेञ्जर भुपाल रोकायको नेतृत्वमा पुगेको टोलीले रामबनस्थित एक घरबाट उक्त काठ फेला पारेको हो। डिभिजन वन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार बरामद काठ १६.४८ क्युफिट बराबरको छ। तीमध्ये एक थान चिरानकाठ बाहिर र बाँकी … Read more

बाराका १६ स्थानीय तहहरुमध्ये कलैया उपमहानगरपालिका पहिलो स्थानमा

रञ्जन यादब /बारा बाराका १६ स्थानीय तहबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजामा कलैया उपमहानगरपालिका पहिलो स्थानमा परेको छ भने फेटा गाउँपालिका अन्तिम स्थानमा परेको छ ।आर्थिक वर्ष २०८०÷८१ मा गरिएको स्वमूल्याङ्कन र मन्त्रालयको गुणस्तर मापनका आधारमा परिणाम सार्वजनिक गरिएको हो। स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा जगाउने उद्देश्यले मन्त्रालयले प्रत्येक वर्ष गुणस्तर … Read more

परवानीपुर गाउँपालिकामा हैजा नियन्त्रणका लागि आपतकालीन बैठक, अनुगमन समिति गठन

रञ्जन यादब /बारा बिरगंजमा हैजा फैलिएको सूचनासँगै परवानीपुर गाउँपालिकाले पनि संक्रमण नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न गरेको छ ।आईतबार गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, एल.एस.न्युरो अस्पतालका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु सहभागी थिए। बैठकमा बिरगंजमा फैलिएको हैजाले परवानीपुर क्षेत्रमा पार्न सक्ने असर र त्यसको रोकथामका … Read more

जीतपुरसिमरा उपमहानगरद्वारा हैजा नियन्त्रणका लागि तयारी र सतर्कता अपनायो

रञ्जन यादब /बारा छिमेकी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको संक्रमण पुष्टि भएपछि यसको प्रभाव जीतपुरसिमरा उपमहानगरपालिकामा समेत फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले सतर्कता अपनाएको छ ।उपमहानगरपालिकाले हैजाको संक्रमण नियन्त्रण र रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन गरेको जनाएको छ। जीतपुरसिमरा नगर अस्पताल, सिमरामा हैजा उपचारका लागि आवश्यक तयारी मिलाइएको छ भने सम्पूर्ण स्वास्थ्यकर्मीलाई हाई–अलर्ट मा … Read more

मोति जयन्तीमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

रञ्जन यादब /बारा ‘शब्दमा शक्ति, साहित्यमा सँस्कृति’ भन्ने नाराका साथ राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरबानाले आफ्नो १६० औँ मोति जयन्तीको अवसरमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम डुमरबानामा सम्पन्न गरेको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १७ विद्यालयका २९ जना विद्यार्थीहरुले सहभागिता रहेको बिद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले जानकारी दिए । साहित्य सर्जकहरु … Read more

प्रमुख जिल्ला अधिकारीलाई सितोरियो कराते संघद्वारा बिदाई सम्मान

रञ्जन यादब /बारा नेपाल सितोरियो कराते संघ जीतपुरले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाई गरेको छ। संघका अध्यक्ष श्रीराम साह र प्रशिक्षक मनोज साहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई प्रशंसा पत्र हस्तान्तरण गरेका हुन्। उहाँको कार्य अवधिमा गरेका योगदानको उच्च मूल्यांकन गर्दै संघले सम्मान प्रदान गरेको जनाएको छ। सम्मान ग्रहण … Read more

दादी प्रकाशमणिजी को १८औं पुण्य स्मृति दिवसको अवसरमा ११४ जनाले गरे रक्तदान

रञ्जन यादब /बारा दादी प्रकाशमणिजी को १८औं पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रममा सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदी सभापति रहनुभएको थियो। प्रमुख अतिथिमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी, राजस्व अनुसन्धान … Read more