जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने ,प्रतियोगितामा छात्र र छात्रा दुबैको खेल हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाको आयोजनामा हुने प्रतियोगिताको बारेमा सचिवालय बिद्यालय श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ,नितनपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सचिवालय बिद्यालयका प्रधानध्यापक जय प्रकाश रायले पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ ३ गते देखि … Read more

जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु

रञ्जन यादब /बारा जीतपुरसिमराको जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । जीतपुरको शान्ति टोल मैदानमा … Read more

फत्तेपुरमा तीन करोडको लागतमा आधुनिक बजारको शिलान्यास

रञ्जन यादब /बारा बाराको फत्तेपुरमा ३ करोडको लागतमा आधुनिक बजारको शिलान्यास भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ स्थित फतेपुर बजारको शिलान्यास बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वालाकुमारी साह र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका हुन् ।संघीय सरकारको एक करोड ६० लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको एक करोड ४० … Read more

सामुदायिक बिद्यालयका ३ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

रञ्जन यादब /बारा सोलारबाट बिद्युत उत्पादन गर्ने अपी पावर कम्पणीले सामुदायिक बिद्यालयका ३ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पणीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ स्थित आर्दश आधारभुत बिद्यालय बेहरा नहर क्याम्पका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो । शैक्षिक सामग्री बितरणमा स्कुल ब्याग , जुत्ता ,कपी र पेन्सिल … Read more

एमाले बाराका प्रचारप्रसार संयाेजक साह प्रहरी हिरासतमा

गोपनीयता सम्बन्धी कसूर र विधुतिय कारोवार ऐन २०६३ विरुद्धको कसुरमा पक्राउ परेका नेकपा एमाले बाराका प्रचार प्रसार संयोजक पुरुषोत्तम साहलाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न बारा जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालत बाराले बुधबार सात दिन म्याद थप गरेको हो। साहसहित घसुकपुर निवासी २२ बर्षिय बिजय कुशवाहा र कलैया उपमहानगरपालिका वडा नम्बर … Read more

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

रञ्जन यादब /बारा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढका स्थानीय सनफी यादव रहेका छन् ।यादव सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारका सहयोगी रहेको बताइएको छ । प्रहरीले उनलाई केहीदिन अघि काठमाडौंको सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो । यादवलाई बारा … Read more

जीतपुरसिमरा र परवानीपुरमा जेठ ७गते देखि ट्राफिक सप्ताह हुने

रञ्जन यादब /बारा बाराको दुईवटा पालिकामा दुर्घटना र ट्राफिक समस्या बढ्दै गएपछि जेठ ०७ गते देखि ट्राफिक सप्ताह सुरु हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा ट्राफिक सप्ताहको आयोजना हुन लागेको हो । जिल्ला सुरक्षा समिति बाराको आयोजनामा मङ्गलबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा ट्राफिक सप्ताह कार्यक्रमको तयारीका लागि सरोकारवालाहरुविच अन्तरकृया कार्यक्रम आयोजना भएको … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य सुरु

रञ्जन यादब /बारा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर बाराको जीतपुरमा रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्यको शुभारम्भ भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा निर्माण भईरहेको अधुरो भवनलाई संघले व्यवस्थित सभाहलको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। कुल १४ लाख ९६ हजार २७१ रुपैयाँको लागतमा निर्माण हुने यो सभाहलमा श्रमदान … Read more

डुमरबानामा दुई दिने अंग्रेजी भाषा शिक्षक वर्कशप सम्पन्न

रञ्जन यादब /बारा राष्ट्रिय बिभूति सामुदायिक शिक्षा सदन विद्यालय डुमरबानाको आयोजनामा र क्षेत्रीय अंग्रेजी भाषा तालिम कार्यालय काठमाडौँको सहकार्यमा दुई दिने केन्द्रित अंग्रेजी भाषा शिक्षक वर्कशप सम्पन्न भएको छ ।कार्यशालामा प्रविधि र अभ्यासमा आधारित शिक्षण विधिका विषयमा सहभागी शिक्षकहरूलाई तालिम प्रदान गरिएको थियो। तालिमको उद्देश्य शिक्षकहरूलाई आधुनिक प्रविधि र व्यावहारिक शिक्षण पद्धतिमा दक्ष बनाउनु रहेको … Read more

पत्रकारको हत्या र प्रेस स्वतन्त्रता उल्लङ्घनको विरोधमा प्रेस सेन्टर नेपालको ज्ञापनपत्र

बारा २८ बैशाख प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाराले पत्रकार सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत एक ज्ञापनपत्र बुझाएको छ। हालै सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट जागरण अभियान सुरु गरेको प्रेस सेन्टर नेपालले पत्रकारहरूमाथि भएका हत्या, आक्रमण, दुव्र्यवहार तथा प्रेस स्वतन्त्रताको हननप्रति चिन्ता व्यक्त गर्दै तत्कालीन समस्याहरू समाधान गर्न सरकारको … Read more