बकैया नागमणी सामुदायिक वनको नयाँ कार्यसमिति चयन , अध्यक्षमा शालिकराम ढुङ्गाना

रञ्जन यादब /बारा बाराको निजगढ स्थित बकैया नागमणी सामुदायिक वनको नयाँ कार्य समिती चयन भएको छ । निजगढ नगरपालिका वडा नं.८ मा रहेको उपभोक्ता समूहको १६ औँ बार्षिक साधारणसभा सम्पन्न भएसँगै नयाँ कार्यसमिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। साधारणसभाको निर्णयअनुसार अध्यक्षमा शालिकराम ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको समाजसेवी तथा उपभोक्ता रबिराज … Read more

जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंको गृह मन्त्रालयमा सरुवा, १० महिनामै फर्किए सिंहदरबार

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले प्रशासनतर्फका ६० जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा प्रसाईंलाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो। २०८१ साल फागुन २६ गते जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर भएका प्रसाईंको कार्यकाल १० महिना पनि पुग्न नपाउँदै … Read more

बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलको उडान ठप्प

रञ्जन यादब /बारा तराई क्षेत्रमा लागेको अत्यधिक बाक्लो हुस्सुका कारण बारास्थित सिमरा विमानस्थल शुक्रबार बिहानैदेखि ठप्प भएको छ । बिहानैदेखि मौसममा सुधार नआउँदा र ’भिजिबिलिटी’ अत्यन्तै कम हुँदा विमानस्थलबाट हुने उडान र अवतरण दुवै कार्य पूर्ण रूपमा प्रभावित भएको हो ।विमानस्थल सञ्चालन हुन नसक्दा सिमरा–काठमाडौं रुटका सबै उडानहरू रोकिएका छन् । काठमाडौंबाट सबैभन्दा छोटो दूरीको … Read more

एमाले केन्द्रीय नेतृत्व चयनमा बारा चर्चामा ,सचिव सहित १४ उम्मेदवार मैदानमा

रञ्जन यादब /बारा नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा बारा जिल्लाबाट उल्लेख्य सहभागिता देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार बाराबाट एक जना पदाधिकारीसहित जम्मा १४ जनाले केन्द्रीय कमिटीका विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।पदाधिकारीतर्फ केन्द्रीय सचिव पदका लागि पुरुषोत्तम पौडेल मैदानमा उत्रिएका छन् । संविधानसभा सदस्य तथा … Read more

अग्रज पत्रकार आलमको उपचारमा नेपाल पत्रकार महासंघ बाराको सहयोग

रञ्जन यादब /बारा ब्रेनहेमरेज भई चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत अग्रज पत्रकार फैजुल्लाह आलमको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ। उपचारका लागि केही राहत मिलोस् भन्ने उद्देश्यले महासंघ बाराका तर्फबाट रु २० हजारको चेक आलमकी श्रीमतीलाई बारा जिल्लाको परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रम … Read more

श्री ने.रा.मा.बि.बकुलियाद्वारा ५०७ विद्यार्थीलाई पोषाक वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाले आर्थिक रूपमा विपन्न तथा प्रारम्भिक तहका विद्यार्थीलाई लक्षित गर्दै ५०७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई सर्ट, फ्रक, पाइन्ट, जुत्ता, मोजा, टाई र बेल्ट वितरण गरिएको हो।विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमका अनुसार सर्ट, … Read more

जीतपुरसिमरामा कडा रोगका १९ जना बिरामीहरुलाई रु.८ लाख ५० हजार रुपैया बितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले कडा रोगका १९ जना बिरामीहरुलाई रु.८ लाख ५० हजार रुपैया बितरण गरेको छ । उपचार कार्यविधि २०८२ अनुसार उपचार सहायताका लागि परेका निवेदनहरूको प्रक्रिया पूरा गर्दै योग्य बिरामीहरूलाई आर्थिक सहायता प्रदान गरेको छ।उपमहानगरपालिकामा उपचार सहायताका लागि ६१ जनाबाट निवेदन प्राप्त भएको थियो। ती निवेदनहरूको कार्यविधिअनुसार छानबिन तथा मूल्याङ्कन गर्दा १९ … Read more

वडा अध्यक्ष वाग्लेको सम्मानमा नेका द्धारा विशेष कार्यक्रम

रञ्जन यादब /बारा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ। आफ्नो वडामा उल्लेखनीय र उदाहरणीय कार्य सम्पादन गरेको, साथै नेपाल सरकारबाट प्राप्त पारिश्रमिकसमेत जनताकै सेवामा समर्पित गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। वडा अध्यक्ष वाग्लेले गरिब, दिनदुखी … Read more

बारा जिल्लाका जेन्जी अगुवाहरूबाट मन्त्री घिसिङलाई पूर्वाधार सुधारका लागि आठ बुँदे माग

रञ्जन यादब /बारा बारा जिल्लाका जेन्जी अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी जिल्लाको समग्र भौतिक विकासका लागि आठ बुँदे मागसमेतको ज्ञापनपत्र बुझाएका छन्। जिल्लामा प्रमुख सडक तथा संरचनाको निर्माण कार्य ढिलाइ भइरहेको, कतिपय स्थानमा काम सुरु नै नहुँदा जनजीवन प्रभावित भइरहेको भन्दै उनीहरूले तत्काल सरकारी ध्यानाकर्षण गराएको बारा जिल्ला जेन्जी अगुवा … Read more

औराहामा कृयापुत्री भवनको शिलान्यास, १५ लाखको लागतमा निर्माण कार्य सुरु

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा आवश्यक सामाजिक पूर्वाधार विकासलाई ध्यानमा राख्दै कृयापुत्री भवन निर्माण कार्य विधिवत् रूपमा सुरु गरिएको छ।वडा स्तरीय बजेट शिर्षकबाट विनियोजित रकम रु.१५ लाखको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास वडाध्यक्ष तथा नगर प्रवक्ता श्री भोज बहादुर खत्री(ईश्वर)ले गरेका थिए । शिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा सदस्यहरू, … Read more