सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौँ, पुस २६- सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मतमा २६८ मत

काठमाडौ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । पुष्प कमल दाहाल “प्रचण्ड” लाई २६८ सांसदले विश्वासको मत दिएका छन् भने २ जनाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत … Read more

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौँ, पुस २६- प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको … Read more

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

हेटौंडा, पुस २५- बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना … Read more

जीतपुरको एक पसलमा आगलागी, समयमै भयो नियन्त्रण, ठुलो क्षती बाट जोगियो

एस.एस. पटेल, बारा । पुस २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुरमा ग्लोबल आईमई बैंक रहेको भवनमा आगलागी भएको छ । बैंक रहेको भवनको भुइतल्लाको बिन्देस्वरी गुप्ताको ईलेक्ट्रोनिक पसलमा सोमबार राती आगलागी भएको हो । पसल बाट धुवाँ निस्के पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानिय र प्रहरीको सकृयतामा आगो नियन्त्रणमा आएको … Read more

नेपाली नागरिकता नभएकाले लामिछानेको सांसद पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

काठमाडौं, पुस २२- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने बताए छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए हुन् । । अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत … Read more

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

काठमाडौँ, पुस २२- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ । संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने … Read more

महेन्द्र र मेलिनाको “गाजलु आँखै” मा सार्वजनिक (भिडियो सहित)

एस.एस. पटेल, पुस २२ गते । चर्चित गायिका मेलिना मैनाली र दि भौइस अफ नेपालका चर्चित कन्टेस्टेन्ट महेन्द्र विकको “गाजलु आँखै” मा सार्वजनिक भएको छ । मेलिना र महेन्द्रको स्वरमा हरेको “गाजलु आँखै” मा सोहि गितका लेखक र संगितकार कमल खत्रीको युटुव च्यानलमार्फट सार्वजनिक भएको हो । गायिका मेलिना, गायक महेन्द्रको स्वर र खत्रीको संगित … Read more

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जर, एकीकृत कारोबार पुस २५ गतेदेखि

काठमाडौं, पुस २१ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेको हो। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

पथलैया-निजगढ: सकर्पियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई घाइते

बारा, पुस २१ गते । पथलैया–निजगढ सडकखण्डमा स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्युभएको छ भने दुई महिला घाईते भएका छन् । पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउदै गरेकोग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा … Read more