जीतपुरको एक पसलमा आगलागी, समयमै भयो नियन्त्रण, ठुलो क्षती बाट जोगियो

एस.एस. पटेल, बारा । पुस २५ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुरमा ग्लोबल आईमई बैंक रहेको भवनमा आगलागी भएको छ । बैंक रहेको भवनको भुइतल्लाको बिन्देस्वरी गुप्ताको ईलेक्ट्रोनिक पसलमा सोमबार राती आगलागी भएको हो ।

पसल बाट धुवाँ निस्के पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानिय र प्रहरीको सकृयतामा आगो नियन्त्रणमा आएको छ । समयमा आगो नियन्त्रणमा भएको कारण पसलमा समान्य क्षति भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख कलाम शाहीकम अनुसार विद्युतको तार शर्ट भएर आगलगी भएको थयो । स्थानीय र प्रहरीको सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिकाको वारूण यन्त्रले आगो नियन्त्रणमा आएको हो । आगलागीबाट अन्दाजी २ लाख रूपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको छ ।